महन्थ ठाकुरले आयोगमा दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

काठमाडौं, २ भदौ । महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक दर्ता गरिएको छ।उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।


आयोगले यसअघि जनता समाजवादी पार्टीको आधिकारिकता भने उपेन्द्र यादवलाई दिएको थियो। ठाकुर उक्त पार्टीको साधारण सदस्य मात्रै भएका थिए। त्यसअगाडि ठाकुर जसपा अध्यक्ष थिए। नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति