काठमाडौं, २ भदौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदले कारबाही रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन लिएर गएका छन् ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार मंगलबार वरिष्ठ नेता माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र गएको थियो ।
नेकपा एमालेले ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जनामाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा मंगलबार दिएका थिए । सो निवेदनमा सर्वोच्च अदालतको फैसालअनुसार २०७५ जेठ २ यता नेकपा एमालेको बैठक बस्न नसकेको र साउन २५ गते बैठक बसेको भन्ने धारणा तथ्यगत रुपमा गलत भएको भनिएको छ ।
केन्द्रीय कमिटीको बैठक विधिवत बैठक नबसी पार्टीको विधानले नचिनेको मानिसहरु समेत भेलाभाई गरेको कारबाही स्वत अवैधानिक छ निवेदनमा भनिएको छ ।
प्रतिक्रिया