काठमाडौं, २ भदौ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया