अध्यादेशबारे बाबुरामको टिप्पणी : अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो


काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा ओली गएपनि ओलीप्रवृत्ति कायम रहेको टिप्पणी गरेका छन् ।सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन गर्ने अध्यादेश ल्याउन खोजेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो । जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो , भट्टराईले भने अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलतभन्दा गठबन्धनको विरोध नठानियोस ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति