काठमाडौं, १ भदौ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ । तर मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।राष्ट्रपति कार्यालयका एक अधिकारीले भने– अध्यादेश साँझपखमात्र आयो । त्यसको अध्ययन हुँदैछ । आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन ।
अध्यादेश पुग्यो शीतल निवास, आज राति जारी नहुने
प्रतिक्रिया