महन्थ ठाकुर पक्ष र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता (यस्तो भयो छलफल)

काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा जसपा नेताले विगतको सरकारसँग भएका सहमति कार्यान्वयनबारे छलफल गरेको जसपा नेता शरतसिंह भण्डारीले बताए। प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए ।

ठाकुर पक्षका नेता भण्डारीले भने , ‘हामी हाम्रा मागमुद्दाबारे ध्यानाकर्षण गराउन गएका थियौं, त्यही कुरा भयो ।’ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक ल्याउने कुरा भएको थियो ।

तर अधिवेशन अन्त्य भयो,’ नेता भण्डारीले भने, ‘यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका छौं ।’ठाकुर पक्षका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, त्यसअनुसार टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेमश चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि माग गरेका छन् । ‘हामीले संविधान संशोधनका लागि कार्यदल बनाएका थियौं, यसबारे पनि ध्यानाकर्षण गराएका छौं’ उनले भने ।जवाफमा प्रधानमन्त्री देउवाले भने छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति