२५ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्थासहित अध्यादेश भोलिसम्म ल्याउने

काठमाडौँ, १ भदौ ।  सरकारले दल विभाजनसम्बन्धी अध्यादेश भोलिसम्ममा ल्याउने भएको छ। सत्तारूढ गठबन्धनका एक शीर्ष नेताका अनुसार सकभर मंगलबारै नभए बुधबार उक्त अध्यादेश आउन लागेको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने छ।अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन गाह्रो हुने भएपछि २५ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउन लागिएको हो।अध्यादेश ल्याउन सरकारले सोमबार नै संसदको चालु अधिवेशन अन्त्य गरिसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति