काबुलमा अलपत्र नेपाली फर्काउन पाकिस्तानले समन्वय गर्ने

काठमाडौँ, १ भदौ । अफगानिस्तानमा जारी असहज राजनीतिक र घरेलु द्वन्द्वका माझ काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत घरफिर्ती गर्न सकिने भएको छ ।इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले सोमबार अपराह्न पाकिस्तानी विदेश मन्त्रालयमा गरेको कुराकानीपछि हाल अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध रहेको र यो असहज अवस्थामा कुनै नेपालीले घरफिर्तीमा कठिनाइ बेहोर्दा अफगान–पाक स्थलमार्ग समेत उपयोग गर्न सक्ने सहमति बनेको बताए ।

‘जलालाबाद (अफगानिस्तान) देखि तोरखाम बोर्डर (पाकिस्तान) सम्म आउने समन्वयको काम हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने प्रबन्ध मिलाउने कुराकानी भएको छ,’ राजदूत अधिकारीले कान्तिपुरसँग फोनमा भने, ‘यस्तोमा तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।

यो प्रबन्ध नेपालीसहित विदेशी अरू नागरिकका हकमा पनि मान्य हुनेछ ।’यो प्रबन्धको सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुनेछ । तोरखाम बोर्डर ‘सिल’ रहिआएकोमा अहिलेको असहज स्थितिमा आवश्यक प्रक्रिया पुर्‍याएर खुला राख्ने सहमति भएको अधिकारीले जानकारी दिए ।काबुलनजिकै रहेको जलालाबाद ९११८ किलोमिटर दूरी० यसअघिसम्म ‘ग्रिनजोन’का रूपमा रहेको थियो । जलालाबाद–तोरखाम दूरी ७० किलोमिटर छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको हवाई सम्पर्क स्थापित हुन सक्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति