काबुलको विमानस्थल बसपार्कजस्तो बन्यो , अमेरिकी सैनिकले गरे हवाई फायर (भिडियोसहित)

काबुल, ३२ साउन ।  तालिबानहरूले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।

हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ।कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ। धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन्।भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको छ।

समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो। विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।

यसैबीच सोमबार बिहानदेखि विमानस्थलबाट हुने सबै व्यवसायिक उडान स्थगित गरिएको छ। टोलो न्युजका अनुसार विमानस्थल प्रशासनले उडान बन्द भएको भन्दै विमानस्थलमा भिड नगर्न भनेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति