तालिबानले आफ्नो देश फर्किन चाहने विदेशी तथा सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने

काठमाडौं, ३१ साउन । अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ ।
काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् ।तालिबानले काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यसैबीच अफगानिस्तानका गृहमन्त्रीले पनि शान्तिपूर्णरुपमा संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण हुने भन्दै मानिसहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति