सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

काठमाडौं, ३१ साउन । काठमाडौं, ३१ साउन । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नघेर ऐतिहासिक रेकर्ड कायम भएको हो ।नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस अघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको बताए । चालु आर्थिक वर्षक लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ । कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ ।आइतबार माएक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति