चारैतिरबाट कावुल प्रवेश गर्दै तालिवान, अमेरिकाले हेलिकप्टरबाट लग्यो दूतावासका कर्मचारी

बुटवल, ३१ साउन । तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका छन् । यससँगै अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ ।रोयटर्सले उच्च अधिकारीहरुलाई उद्वृत गर्दै तालिवानी लडाकु चारैतिरबाट काबुलमा प्रवेश गरिरहेको जनाएको छ । तर विस्तृत विवरण दिइएको छैन ।कावुलको वरपर विभिन्न स्थानमा गोली चलेको आवाजहरु सुनिएका छन् । तर, अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ ।अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति