प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ ।

समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व गर्दै हितराज पाण्डेले धारणा राखेका छन् । माओवादीले आठवटा समूहमा विभाजित गरेर नेताहरुलाई धारणा राख्ने व्यवस्था मिलाएको छ ।टोली नेताले धारणा राखिसकेपछि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर बैठक समापन गर्ने तयारी भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।

साहका अनुसार नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी स्थायी समितिलाई दिने तयारी भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको माओवादीले संघीय संरचनाअनुसार नेताहरुको कार्यविभाजन गरिसकेको छैन । प्रदेश, जिल्ला र जनसंगठन २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति