केन्द्रीय कमिटी बैठक सकेसम्म आजै सक्ने माओवादी स्थायी समितिको निर्णय

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सक्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समिति बैठकले व्याख्या र निश्कर्ष निकाल्ने उनले बताए । स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ ।

आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल चलिरहेको छ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति