माओवादीको नयां नारा : ‘एक्काईसौ शताव्दीको वैज्ञानिक समाजवाद’, पार्टी नाम बदल्ने संकेत

काठमाडौं, ३० साउन ।   एक्काईसौ शताव्दीको वैज्ञानिक समाजवाद मुख्य राजनीतिक कार्यक्रम हुने नेकपा (माओवादी केन्द्र) ले नयां राजनीतिक कायत्रक्रम अघि सारेको छ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले नेकपाको सम्पूर्ण विरासत माओवादी केन्द्रले लिनु पर्ने बताएका छन् ।

यो अवधारणा संगै माओवादी केन्द्रले पार्टी नाम पनि परिवर्तन गर्ने संकेत गरेको छ ।प्रचण्डले इमान्दार कम्युनिष्ट क्रान्किारीहरु बीच बृहत रुपमा एकता अभिायन चलाएर बामपन्थीहरुको मजबुत पार्टी बनाउनु पर्ने समेत प्रस्ताव गरेका छन् ।

प्रचण्डले नयां क्रान्तिकारी विचार र नयां क्रान्तिकारी पार्टी निर्माण गरौ. भन्ने संगठनात्मक नारा अघि सारेका छन् । एमसीसी, लिपीलेक, कालापनी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कुटनीतिक सम्वादका माध्यमाबाट हल गर्न प्रयत्न गरिनेछ भन्ने प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति