माओवादीको राष्ट्रिय सम्मेलन माओ जयन्तीका दिन,गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने (प्रस्तावको पूर्णपाठ सहित)

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव पेस गरेका छन्।काठमाडौंमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्।

बैठकमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्तावदेखि गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरिएको छ।बैठकले आगामी पुस ११ १२ र १३ राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ।

‘केपी ओलीको प्रतिगमनका विरूद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ। यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्’, उनले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति