काठमाडौ, ३० साउन । हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्।

प्रतिक्रिया