गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई सांसदहरुले लेखे पत्र


काठमाडौं, ३० साउन । बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खा भूतपूर्व सैनिकको पेन्सन मुद्दा समाधान गर्न जोड दिएका छन् । ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरु सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधानमा जोड दिएका हुन् ।

सर्वदलीय संसदीय समितिले विगतदेखि नै गोर्खा समस्याको निष्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको उल्लेख गर्दै उनीहरुले पत्रमा गोर्खाहरुले सम्मान महसुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।

सांसदहरुले प्रधानमन्त्री जोन्सनलाई आमरण अनशन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्ने हजारौं भेट्रान्सको चासोबारे छलफल गर्न पनि आग्रह गरेका छन् । पत्रमा वार्ताले आमरण अनशन बसेका गोर्खाहरुको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुको विश्वास छ ।लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा बसेका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका धन गुरुङ, पुष्पा राना र ज्ञानराज राई ।भूतपूर्व गोर्खाहरुको समान पेन्सनलगायत अधिकारका लागि अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प राना घले गत शनिबारदेखि आमरण अनशनमा छन् । शनिबार अनसनको ८औं दिन प्रवेश गर्दा उनीहरुको स्वास्थ्य जटिल बन्दै गएको छ । चौतर्फी दबाब र अनुरोध हुँदा पनि बेलायत सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

लायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सांसदहरूले लेखेको पत्र ।गोर्खाहरुले भने नेपाल र बेलायत सरकारबीच उच्चस्तरीय वार्ता टोली गठन र वार्ताको मिति नतोकिएसम्म भोक हड्ताल अन्त्य नगर्ने अडान लिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board