काबुल कब्जाको तयारीमा तालिवान, अफगानिस्तान छाड्दै विदेशी

काठमाडौं, ३० साउन । अफगानिस्तानमा तालिवान विद्रोहीले राजधानी काबुल नियन्त्रणको नजिक पुगेका छन् ।तालिवानले लोगार राज्यको राजधानी पुल–ए–आलममाथि पकड जमाएसँगै काबुल नियन्त्रणमा लिने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चामाध्यले उल्लेख गरेका छन् ।

पुल–ए–आलम र काबुलबीचको दूरी ८० किलोमिटर मात्र छ । हिजो मात्रै तालिवानले दोस्रो ठूलो शहर कान्दाहारलाई कब्जामा लिएका थिए । विद्रोही काबुल नजिक पुगेसँगै काबुलमा शरणार्थी हुनेको संख्या बढ्न थालेको छ ।यसैबीच अमेरिका तथा बेलायतसहितका अन्य देशले काबुलबाट आफ्ना दूतावासका कर्मचारी र नागरिकको उद्दार प्रक्रिया थालेका छन् ।

काबुलमा २ लाख ५० हजार भन्दा बढी मानिसले घर छाडेको बताइएको छ ।संयुक्त राष्ट्रसंघले स्थिति नियन्त्रण बाहिर गएको भन्दै यसले गम्भिर परिणाम निम्त्याउने बताएको छ । अफगानिस्तानबाट अमेरिकीसहितको सेनाको फिर्ता प्रक्रियासँगै तालिवान सत्ता कब्जाको रणनीतिसहित अघि बढिरहेको छ । तालिवानले एक हप्ताको अवधिमा ३४ मध्ये १२ राज्यका राजधानी तथा कैयन् शहर नियन्त्रणमा लिइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board