त्रिभुवन विश्वविद्यालयका परीक्षा रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा भौतिकरुपमा संचालित परीक्षालाई रोक्न माग गर्दै हामी नेपाल नामक सामाजिक संस्थाले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रकको कार्यालयलाई विपक्षी बनाइएको उक्त रिटमा अन्तरिम आदेशसहितको उत्प्रेषण र परमादेश माग गरिएको छ ।

जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै भौतिकरुपमा परीक्षा संचालन गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवनसँग खेलवाड गरेको उक्त रिटमा उल्लेख छ ।

हामी नेपाल नामक सामाजिक संस्थाले दोस्रो लहरको बेला अक्सिजन लगायतका स्वास्थ्य सामाग्री जुटाउन पहल समेत गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board