मातृका यादवको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

काठमाडौँ , २९ साउन । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद मातृका यादवले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ । नेकपा एमालेले सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाइएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उक्त रेकर्ड हटाउन माग गरेका थिए । सोही अनुसार सभामुख अग्नि प्रसाद सापकोटाले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । यादवले हिजो संसदमा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सांसद् पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।

प्रतिनिधिसभामा बारम्बार परमादेश भनेर अपमान गरेको भनेर उनले राजीनामा गर्न ओलीलाई आग्रह गरेका हुन्।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद यादवले भनेका थिए, ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु।

चुनाव लडे भइहाल्छ। ६ महिनामा सरकारले चुनाव गराउँछ।’ उनले ओलीलाई ‘फिजीकल्ली र मेन्टल्ली ठिक हुनुहुन्न’ पनि भनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति