पाकिस्तानद्वारा नेपाललाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, २८ साउन । पाकिस्तानले नेपाललाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । पाकिस्तानले ‘मेड इन पाकिस्तान’ स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको हो ।पाकिस्तान राजदूतावासले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० ओटा भेन्टिलेटर र ३० ओटा सीपीएपी ब्रेथिङ सामग्री हस्तान्तरण गरेको छ ।पाकिस्तानी राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार ती स्वास्थ्य सामग्रीहरु मूल्य एक करोड ९० लाख रुपैयाँ रहेको छ । राजदूतावासका अनुसार उक्त सहयोग पाकिस्तानको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मुलुकहरुको लागि ‘कोभिड–१९ आपत्‌कालीन सहयोग कार्यक्रम’ अन्तर्गत हो ।पाकिस्तानले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि एक महिना अघि ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो । पाकिस्तानी राजदूतावासका चार्ज डे अफेयर्स अद्नन जाबेद खानले स्वास्थ्य सामग्रीले स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति