खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ५८ करोड रुपैयाँ ऋण दिने

काठमाडौं, २८ साउन । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यो सहुलियत ऋण सहायताबाट १ करोड ५९ लाख मात्रा खोप खरिद गरिने बताइएको छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुने सरकारको अपेक्षा छ । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गरे ।

साथै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास पनि व्यक्त गरे । एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति