रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं,२७ साउन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वमा सरकारले उनलाई साउन २२ गते स्पष्टीकरण सोधेको थियो ।भट्टराईले आफूले नियुक्ति लिएदेखि इमान्दारीपूर्वक काम गरेर जनकपुर जयनगर कुर्था खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति