लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट भट्टराईको इजलासमा

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ ।मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन अघि नै राजीनामा दिने तयारी गरेको चर्चाका बीच बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति