लुम्बिनीका थप दुई मन्त्रीले राजीनामा दिने


काठमाडौ, २७ साउन ।  जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो र कल्पनाजीको राजीनामा पत्र तयार तयार गर्दैछौं ।’मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले राजीनामा बारे छलफल भइरहेको र एकाध घण्टामा निर्णय हुने बताए ।यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए । उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।यसअघि गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टामै उनीहरु सरकारमा सामेल भएका थिए । त्यसपछि पाण्डे, यादव,रायमाझी र लम्साललाई पार्टीले कारबाही गरेर पदमुक्त गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति