सबै मिलेर देउवालाई परास्त गरौं : महामन्त्री डा. कोइराला


काठमाडौं, २६ साउन ।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै साठगाँठ नरहेको स्पष्ट पारेका छन् ।
केही जिल्ला सभापतिहरुले निर्वाचित महामन्त्रीले भूमिका निर्वाह गर्न नसकेको, सभापति देउवासँग मिलेमतो गरेको आरोप लगाएपछि कोइरालाले देउवासँग मिलेर होइन भिडेर जान आफू तयार रहेको बताएका हुन् ।

संस्थापनइतरका जिल्ला सभापतिहरुको भेलामा बोल्दै कोइरालाले निर्वाचित महामन्त्रीका रुपमा आफूले विधानसम्मत काम गर्न खोजेपनि परिस्थिति त्यस्तो नबनेको समेत बताए । ‘निर्वाचित हुनेबित्तिकै केहीसमय पार्टी सहज ढंगले चलोस भनेर कसैको विरोध गरिन । तर जब पार्टीभित्र अन्याय र अत्याचार सुरु भयो मैले बोलेकै छु ।

म आज स्पष्टसाथ भन्छु देउवासँग मिल्ने होइन भिड्ने हो । गलत प्रवृत्तिविरुद्ध लड्ने हो’, कोइरालाले भने । एक जिल्ला सभापतिले ‘निर्वाचित भन्दा मनोनित महामन्त्रीको भूमिका किन धेरै ?’ प्रश्न गरेका थिए । ‘शेरबहादुरसंग मिलेको भए त सबै जिम्मेवारी दिन्थे होलान् नि । मैले उहाँसँग अनुचित सहकार्य गरिन, त्यसैले मसँग काम गर्नुभन्दा पूर्णजीसँग काम गर्न सजिलो मान्नुभयो । यो त बितेको कुरा हो, अब त गरेर अर्थ छैन । सबै मिलेर देउवालाई परास्त गरौं न’, कोइरालाले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति