काठमाडौं, २६ साउन । मंगलबार काठमाडौं उपत्यकामा १ हजार १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ संक्रमित थपिएका हुन्।हाल काठमाडौं उपत्यकामा १० हजार ९१० सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ६७७, ललितपुरमा १ हजार ८८३ र भक्तपुरमा १ हजार ३५० सक्रिय संक्रमित छन्। यसैगरी काठमाडौंमा निको हुनेको संख्या २ लाख १३ हजार ८ सय २४ पुगेको छ भने भक्तपुरमा २३ हजार ७ सय ५० पुगेको छ। त्यस्तै ललितपुरमा ४० हजार २ सय ३० पुगेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ८६ कोरोना संक्रमण
प्रतिक्रिया