मेरो दलमा घाटा भए पनि सहुँला, हिरिक्क भइसकेकालाई , मन्त्री बनाइदिनुस् – अध्यक्ष ओली

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसद मन्त्री बन्न कुदेको बताएका छन् ।

संसदको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुलाई मन्त्री बनाए पनि केही फरक नपर्ने बताएका छन् । एमालेका २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

उनीहरुतर्फ संकेत गर्दै ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस्, किन बिलम्ब गर्नुभएको ?’ मन्त्री बन्न नपाएर उनीहरु हिरिक्क हिरिक्क गर्न थालेको भन्दै उनले भने, ‘प्लिज , उनले हात जोडे पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । मन्त्री दिनुस् प्लिज , मेरो दलमा घाटा भए पनि सहुँला ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति