मेसी दुई वर्षका लागि पीएसजीमा अनुबन्धित

काठमाडौं, २६ साउन । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) अनुबन्धित भएका छन् ।
इटालियन पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेका छन् ।
‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन् ।

सम्झौता भइसकेको छ । र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला पत्रकार रोमानोले ट्वीट गरेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’ मेसी केही घण्टापछि पेरिस पुग्नेसमेत रोमानोले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति