सरकारको श्वेतपत्र : ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी


काठमाडौं, २६ साउन ।  सरकारले अबको केही बेरमा ल्याउन लागेको देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी समेटिएको श्वेतपत्रले ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी भएको देखाएको छ । केपी ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक अवस्था झन् नकारात्मक रहेको श्वेतपत्रमा उल्लेख भएको एक स्रोतले जनाएको छ ।

केपी ओली सरकारकै गठबन्धनमा अटाएको माओवादी अहिले काँग्रेस नेतृत्वको सरकारमा पनि छ । अर्थतन्त्रको चाबी अहिले उसैको हातमा छ । व्यापार घाटाको चापले शोधानान्तर १५ अर्बले ऋणात्मक भएको र सार्वजनिक संस्थानमा गरेको लगानीको प्रतिफल राम्रो नदेखिएको लगायतका विषय श्वेतपत्रमा उल्लेख गरिएको छ ।

केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ववर्ती सरकारका सबै कामलाई अपजस दिँदै श्वेतपत्र सार्वजनिक गरेका थिए । डा. खतिवडाले ल्याएको श्वेतपत्र को सर्वत्र आलोचना समेत भयो । तर अहिले अर्थमन्त्री शर्माले पत्रकारसँगको पहिलो भेटमै आफूले नराम्रा कामको भन्दा पनि यथार्थ चित्रण गरेर श्वेतपत्र जारी गर्ने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति