काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमावोल्दै एमसीसी र कांग्रेसको नीतिका बारेमा गहिरो चिन्ता व्यक्त गरेको छन् । संसदमा बोल्दै ओलीले प्रश्न गरे – ‘तपाईहरुको साझा कार्यक्रममा खोई एमसीसी बारेको धारणा ?’ ओलीले भने –’तपाईंहरु नै सरकारमा रहेका बेला होइन एमसीसी सम्झौता गरेको ? प्रधानमन्त्रीज्यू तपाईं किन बोल्नु हुन्न ?’
झस्केलाबाट सरकारमा छिरेपछि यस्तै हुन्छ ओलीले भने । सत्तापक्षको गठवन्धनको ‘न्युनतम कार्यक्रममा कांग्रेसको नीति खोई ? पोलिसी सिफ्ट ? जे मा पनि पाराडियमा सिफ्ट ?’ ओलीले प्रधानमन्त्री देउवालाई थप प्रश्न गरे – ‘खोई कांग्रेस कता छ ?’
‘संसद चलेका बेला किन बाहिरबाट नीति कार्यक्रम घोषणा गर्नु पर्यो ? गठवन्धनका सबै नेताको फोटो समाचारमा आउंदैन भनेर’ भन्दै ओलीले व्यंग्य गरे ।
प्रधानमन्त्री ज्यू किन एमसीसीको बारेमा नबोलेको ? : ओली
प्रतिक्रिया