माओवादीको युद्ध ‘एक दुई बाल्टी पानीले निभाएको होइन ?’ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको जनयुद्ध एक दुई बाल्टी पानी खन्याएर अन्त्य गरेको टिप्पणी गरेका छन् ।
संसदमा विशेष समयमा लिएर बोल्दै ओली सापक्षका एक जया नेता माओवादी अध्यक्ष प्रचण्डले म आगो हुं म संग नखेल खबरदार भनेर धम्क्याएको बताए ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि संसदमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धको स्मरण गर्दै आगो संग नखेल्न एमाले अध्यक्ष ओलीलाई चेतावनी दिएका थिए । त्यसको जबाफ दिंदै ओलीले हामीलाई धक्क्याउनु पर्दैन । त्यो आगो एक दुइ वाल्टीन पानी खन्याएर निभाएको होइन र ? ओलीले भने हामीलाई राम्ररी थाह छ त्यस्तो आगो निभाउन ।
प्रतिपक्षीलाई गाली गरेर कस्तो राष्ट्रिय सहमति भनेको भन्दै सत्तापक्षको न्युनतम नीति तथा कार्यक्रमप्रति ओलीले आक्रोश व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति