काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक आज संसदमा सम्बोधन गर्ने भएका छन् ।सर्वोच्च अदालतको परमादेशबाट शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन् । प्रधानमन्त्री शेरवहादुर देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीलाई खोजेका थिए भने प्रधानमन्त्रीलाई बधाइ दिने बेला समेत ओलीको अनुपस्थितिप्रति प्रश्न उठाएका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । ओलीले सरकार गठन,सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ ।
प्रतिक्रिया