शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं, २६ साउन ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेका थिए ।रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने दाबी गरिएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति