मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर कपिल वाग्लेको मृत्यु

काठमाडौं, २६ साउन । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो । मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको डिएसपी लामाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति