काठमाडौं, २६ साउन । अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी र बार्सिलोनाबीचको झण्डै दुई दशक लामो सहयात्रा टुंगिएको खबरले समर्थकहरु निराश भएका छन्। गएको सिजनकै सुरुमा क्लब र मेस्सीबीच खटपट भए पनि उनले क्लब छाड्न सकेका थिएनन्। फ्रि टान्सफरमा क्लब छाड्न पाउनुपर्ने मेस्सीको शर्त थियो तर क्लब सहमत भएन। उनका लागि क्लबले महंगो रिलिज क्लज तोकेपछि मेस्सीको बार्साबाट बहिर्गमन असम्भव भएको थियो।
अन्ततः असहमतिकै बीच उनी क्लबमा रहन बाध्य भएका थिए। क्लबको निर्णयविरुद्ध अदालत नजाने निर्णय गर्दै उनले बार्सामै रहने निर्णय गरे। सन् २०२०–२०२१ को सिजन सकिएसँगै उनी क्लब छाड्न स्वतन्त्र थिए। उनले चाहेको क्लब जाने बाटो खुल्ला थियो। तर सिजनको बीचमै बार्सिलोनाको व्यवस्थापन परिवर्तन भएपछि उनको बार्सा छाड्ने सोच बदलिइसकेको थियो। बार्साले पनि कुनै हालतमा मेस्सीलाई क्लबमै राख्ने तयारी गरेको थियो।
मेस्सी पनि आफ्नो तलब कटौती गरेर भए पनि बार्सामै रहन सहमत भएका थिए। बिहीबार मेस्सी बार्सिलोना पुगेको केही समयमै सम्झौता नवीकरणको तयारी अगाडि बढेको थियो। तर बार्सा र मेस्सीबीच भएको सहमति कार्यान्वयन गर्न नमिल्ने ला लिगाले भनेपछि दुवै पक्ष अनपेक्षित रुपमा पछाडि हट्नुपरेको हो। त्यसपछि बिहीबार राति बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लब र मेस्सीबीच करिब सहमति भए पनि सम्झौता नवीकरण हुन नसकेको जानकारी गराएको थियो। मेस्सी सन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोना आएका थिए।
क्लब एकेडेमीबाट आफ्नो भविष्य सुरु गरेका मेस्सी छोटो समयमा नै बार्सिलोनाको सिनियर टोलीमा परेका थिए। सन् २००३ मा बार्सिलोनाको सिनियर क्लबमा आबद्ध भएका मेसीले ३४ वटा उपाधि जितेका छन्। ६ पटकका बालोन डि ओर विजेता मेस्सीले बार्साबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेका छन्। ७ पटक कोपा डेल रे, ७ स्पेनिस सुपर कोपा र ३ यूईएफएको उपाधि जिताएका थिए। मेस्सीले क्लबका लागि पछिल्लो पटक २०२०–२१ को कोपा डेल रेको उपाधि दिलाएका थिए। क्लबबाट ७ सय ७८ खेलमा मेस्सीले ६ सय ७२ गोल गरेका छन्। मेस्सीले बार्सिलोनाबाट ४८ ह्याट्रिक हानेका छन्।
अब पछिल्लो घटनाक्रमसँगै मेस्सीको नयाँ गन्तव्यको चर्चा सुरु भएको छ। उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले प्रयास गर्ने देखिएको छ। दुवै क्लब आर्थिक रुपमा पनि सबल भएकाले यी दुईमध्ये मेस्सीको गन्तव्य हुने अनुमान गरिएको छ। लिओनल मेस्सी जत्तिको क्षमता भएको खेलाडीलाई कुनै पनि क्लबले अस्वीकार गर्दैन । तर आर्थिक संकटका कारण बार्सिलोनाबाट मेस्सीको बहिर्गमनपछि उनको घट्दो गुणस्तरको कुनै शंका गर्नुको सट्टा क्याटलान क्लबलाई फेरि क्लब सेट गर्ने मौका दिएको छ ।
र, फेरि एकपटक चर्चित ला मासिया एकेडेमीमा केन्द्रित हुन अवसर दिनेछ । रोनाल्ड कोएमनले गत वर्ष बार्सिलोनाको आर्थिक सीमिततालाई पहिचान गर्दै विभिन्न युवा खेलाडीहरुमा विश्वास देखाएका थिए । उनले पेड्री रोनाल्डो रअउजो ओस्कार मिङगुएजा इलाइक्स मोरिबा जस्ता खेलाडीमा विश्वास देखाए ।मेस्सीको अनुपस्थितिमा युवा खेलाडीहरुलाई ल्याउने प्रक्रिया नि सन्देह छिटो हुनेछ । मेस्सी जस्तो खेलाडी हुनुको अर्थ बार्सिलोनाले प्रतिस्पर्धात्मक खेल्ने र च्याम्पियन्स लिग जित्ने आकांक्षा राख्नु हो । अब ३४ वर्षीय मेसीले क्याम्प नोउबाट आफ्नो बिदा घोषणा गरिसके । अब बार्सिलोनाले अधिक यथार्यवादी लक्ष्यहरु राख्न सक्छ ।
बार्सिलोनाको आर्थिक यस्तो गडबडी छ कि यो स्पष्ट छैन यदि नयाँ अनुबन्ध गरिएका मेम्फिस डिपाए, एरिक गार्सिया, सर्जियो अगुएरो र इमर्सन रोयल यसै साता शुरु हुने ला लिगामा रियल सोसिडाडविरुद्धको खेलमा दर्ता गर्न सक्षम हुनेछन् । मेस्सीपछि ट्रान्सफर विन्डोमा अझै केही खेलाडीले बार्सिलोना छाड्न सक्नेछन् । ७० प्रतिशत तलब दिँदा पनि बार्सिलोनाको अझै ९५ प्रतिशत राजस्व खेलाडीको तलबमै खर्च हुनेछ ।तर यो प्रिसीजनले देखाएको छ कि क्लबका धेरै युवा खेलाडीहरु अगाडि बढ्नका लागि तयार छन् ।
गाभी, निको गोन्जालेज, अलेजान्द्रो बाल्डे र युसुफ डेमिर सबैले राम्रो सम्भावना देखाएका छन् । उनीहरुलाई २०२१र२२ मा कोएमनले प्रयोग गर्न सक्नेछन् । किनकि बार्सिलोना क्याम्प नोउमा नयाँ युमा प्रवेश गर्दैछ । वर्तमानभन्दा पनि भविष्यको लागि हेरिरहेको छ ।बार्सिलोनाले पेप ग्वार्डिओला युगमा विश्वभरबाट प्रशंसा कमाएको थियो । त्यो उनीहरुको असाधारण फुटबल को लागि मात्र नभई जुन तरिकाले ला मासियाका खेलाडीहरु टिम बनाइएको थियो त्यसका लागि पनि थियो ।अहिले क्लब आर्थिक संघर्षबाट गुज्रिरहेको छ र यो चाँडै समाधान हुने सम्भावना छैन । कोएमनले बार्सिलोनामा एक नयाँ रुपको टिमको खाका बनाउनका लागि तयार छन् ।बार्सिलोनाले अर्को सिजन च्याम्पियन्स लिग जित्नको लागि आफ्नो प्रतिक्षा समाप्त गर्ने धेरै सम्भावना छैन । बार्सिलोनाले २०१५ पछि च्याम्पियन्स लिग ट्रफी जित्न सकेको छैन । तर गत सिजनले देखाएको छ कि युवा खेलाडीहरुले युरोपमा खेलेर प्राप्त गर्न सक्ने अनुभवले मात्र उनीहरुलाई फाइदा पुग्दैन । तर क्लबले पनि क्याटलानाको रुपमा आफ्नो इतिहासमै सर्वश्रेष्ठ खेलाडी लिओनल मेस्सीविनाको जीवन समायोजन गर्नका लागि अगाडि बढ्नुपर्छ ।
प्रतिक्रिया