प्रेमिकाद्वारा प्रेमीको घरमा झुण्डिएर आत्महत्या

उदयपुर, २६ साउन । उदयपुरको त्रियुगा नगरपालिकामा प्रेमिकाले प्रेमीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरीले २४ साउनमा प्रेमी त्रियुगा–३ ठाँडीका विष्णुदेव पञ्जियारको घरमा पुगेर आत्महत्या गरेकी हुन् । सावित्रा २३ साउनमा विष्णुका घरमा पुगेकी थिइन् । उदयपुर प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार सावित्राले विष्णुको घरको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । २४ वर्षीय विष्णु र ३१ वर्षीया सावित्रा डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।विष्णुको घरमा अर्की युवतीसमेत रहेको चाल पाएपछि सहन नसकेर सावित्राले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका बाबु देवनारायण चौधरीको उजुरीका आधारमा प्रहरीले विष्णुदेवलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अघि बढाएको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति