काठमाडौं, २६ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया