एकताको च्याप्टर क्लोज, देशव्यापी समानान्तर गतिविधिलाई तीव्रता : नेता नेपाल

काठमाडौं, २६ साउन ।  नेकपा एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपालसहित उनी पक्ष असन्तुष्ट छ।एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो।यसपछि नेता नेपालले आफूनिकटका नेताहरूसँग अब पार्टी एकताको च्याप्टर क्लोज भएको प्रतिक्रिया दिएका छन्। एमालेले विधान संशोधन प्रस्तावलाई अब भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा पेश गर्ने भएको छ। यो विधान पारित भए दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात केन्द्रीय सचिव केन्द्रीय समितिले नै चयन गर्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति