काठमाडौं, २५ साउन । ख्यातिप्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। होटल एसोसिएसन हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपतिको थाइल्याण्डमा सोमबार निधन भएको हो। मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए ।
मुखको क्यान्सरबाट पीडित कक्षपति करिब दुई महिना अगाडि उपचारका लागि बैंककको ब्रुमुनगार्ड अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ । कक्षपतिको परिवार पनि थाइल्याण्डमा नै भएकाले शवको दाह संस्कार उतै गर्ने वा नेपाल ल्याउनेबारे भोलि मात्रै थाहा हुने बताइएको छ । कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन्। कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन्।
प्रतिक्रिया