योङ्ग कम्युनिस्ट लिग वाईसिल जिल्ला कमिटी बैठक सम्पन्न

बझाङ, २५ साउन । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) बझाङ जिल्ला कमिटीको वैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको सभाहलमा चारवुंदे प्रस्तावहरु पारित गर्दै सोमवार वैठक सम्पन्न भएको हो ।

आजको जिल्ला कमिटीको वैठकवाट आसन्न वाईसीएलको राष्ट्रिय भेलाका लागी जिल्लावाट आठ जना प्रतिनिधि छनोट गरेको छ । जिल्लाका १२ ओटा स्थानिय तहका सवै वडाहरु सदस्यता वितरण गर्ने, जिल्लामा भएका भ्रष्ट्रचार अनियमितता विरुद्ध लड्ने, लगाएत सवै गाँउपालिका नगरपालीका र वडाहरुमा वाईसीएल अनुसन्धान टोलि गठन गर्ने भन्ने प्रस्तावहरु पारीत गरेको वाईसियल जिल्ला कमिटी अध्यक्ष रविन विसीले जानकारी दिए । कार्यक्रममा वाईसीएल जिल्ला सयोजक अम्मराज भण्डारी लगाएत नेकपा माओवादी केन्द्रमा आवद्ध नेता तथा कार्यकर्ताहरुको  उपस्थिती रहेको थियो ।

 

 

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति