एमालेको लोगो “सूर्य चिह्नभित्र हँसिया हथौडा”

काठमाडौं, २५  साउन ।   नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । केन्द्रीय कमिटीमा सोमबार पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख छ, पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने। यसअघि एमालेको लोगको सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो ।त्यस्तै, पार्टीका औपचारिका कार्यक्रमहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने भनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति