रौतहटमा नक्कली रुपैयाँसहित ३ जना पक्राउ

रौतहट, २५ साउन । रौतहट प्रहरीले जाली रुपैया सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटले जाली नोट सहित ३ जनालाई पक्राउ गरेको हो । जिल्लाको ईशनाथ नगरपालिका वाडनं ४ बाट प्रहरीले नौ लाख त्रियान्नब्बे हजार जाली नोट सहित ३ जना पक्राउ गरेको हो । सोमबार दिउसो २ बजेको समयमा प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी गस्ती टोलील गाडी रोकेर चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

धनुषाको बट्टेश्वर गाउंपालिका वडानं.४ वस्ने ३८ बर्षको शत्रुधन वरई ठाकुर,महोत्तरी बर्दीबास नगरपालिका वडा नं।९बस्ने ३० बर्षको रन्जित महतो ,महोत्तरीकै भंगाहा नगरपालिका वडा नं. ४ २५ बर्षको दिपेन्द्र कुमार महतो लाई प्रहरीले जाली नाठ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिक्रिम शाहले जानकारी दिएकाछन् । उनीहरुको साथबाट नेपाली हजार दरका नक्ली पैसा बरामद भएको एसपी साहले जानकारी दिए । पक्राउ परेका तीनै जना माथि आवश्यक अनुसन्धान प्रहरीले जनाएको छ। सिमावर्ती क्षेत्रमा नेपाली हजार दरका नोट बरामद भएसंगै ती नोट भारमा छापेर ल्याइएको अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति