काठमाडौं, २५ साउन । पार्टीको विधान अधिवेशन सम्पन्न गर्न एमालेले चार समिति बनाएको छ । आज बसेको केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले चार समिति बनाउने प्रस्ताव पेस गरेका हुन् । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । महासचिव पोखरेलले विधान अधिवेशनमा प्रतिवेदन पेस गर्न राजनीतिक प्रतिवेदन मस्यौदा समिति, संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन मस्यौदा समिति र व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।
राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली, संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापालाई संयोजक तोकिएको छ ।
एमालेले बनायो विधान महाधिवेशनका लागि चार समिति
प्रतिक्रिया