जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, २५  साउन ।  राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए ।सोमबार न्यायाधीश डा। आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति