वासिङ्टनमा दूतावासले थाल्यो मोबाइल घुम्ती सेवा

काठमाडौँ, २५ साउन।    अमेरिकी सहर वासिङ्टनको सियाटलबाट नेपाली घुम्ती सरकारी सेवा सुरु भएको छ । राजदूत युवराज खतिवडाले आइतबारदेखि मोबाइल घुम्ती काउन्सिलर सेवाको थालनी गरे ।

राहदानी, कागजपत्र नवीकरण र संकलन र राजदूतको तहबाट प्रदान गरिने सेवा उपलब्ध हुने दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजदूत खतिवडाले सियाटल सरहका नेपाली व्यवसायी र उद्योगीसँग अन्तक्रिया पनि गरेका छन् । आइतबार राजदूत खतिवडाले सियाटलमा ब्रेन गेन अन्तक्रियामा समेत सहभागिता जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति