बोलबम बोकेको बोलेरो नहरमा खस्दा एकको ज्यान गयो , एकजना बेपत्ता

रौतहट, २५ साउन । बोलबम बोकेको बोलेरो गाडी रौतहटको नुनथर नहरमा खस्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ,भने एकजना बेपत्ता भएका छन् । सोमबार बिहान बाराबाट रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको थियो । बलेरो नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै ज्यान गएको र सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ले ६५ वर्षीया सोनरी देवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिए । बलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति