एप्पल घडीले अमेरिकी एक युवाको ज्यान बचाएपछि…..

काठमाडौं, २४ साउन । एप्पलको स्मार्टघडीले फेरी एकपटक अमेरिकी युवाको ज्यान बचाएको छ। घातक रोग हुनुअघि नै आफ्नो आपतकालीन सेवा फिचरबाट सचेत गराएर एप्पल घडीले एक युवाको ज्यान बचाएको एप्पल इन्साइडरले जनाएको छ।

एप्पल घडीले योपटक अमेरिकाको २५ वर्षिय ब्रान्डन स्नाइडरलाई नयाँ जीवन दिएको हो। गत जुलाई १२ मा लङ आइल्यान्डका ब्रान्डन पेट दुख्ने र मिर्गौला पत्थरी रोग बोकेर नजिकैको अस्पतालको आपतकालीन कक्षमा गएका थिए। त्यहाँ उनी अपस्तालको शौचालय गएपछि त्यहीबेला उनको होस गुम्यो र भुइँमा लडे। ‘म शौचालयमा गएपछि हात धोइरहेको थिए र आफूलाई केही नराम्रो भइरहेको महसुस गरेको थिएँ,’ अन्तर्वार्ताको क्रममा ब्रान्डनले भने, ‘म बेहोस भएपछि के भयो केही याद छैन।’ ब्रान्डनले त्योबेला आफ्नो नाडीमा एप्पल घडी लगाएका थिए। उनी भुइँमा लडेपछि घडीमा भएको ‘फल डिटेक्सन’ फिचरले उनी खसेको थाहा पाएर आपतकालीन सेवा सचेत गर्यो र ब्रान्डका बुबालाई पनि मेसेज पठायो। ब्रान्डन भन्छन्, ‘मेरो एप्पल घडीले म भुँइमा खसेको पत्ता लगायो र ४५ सेकेन्डभित्रमा आफूले घडीको मेसेजमा कुनै प्रतिक्रिया नदिएपछि बुबालाई मेरो अवस्थाबारे सन्देश पठायो।’

एप्पल घडीले गर्दा ब्रान्डनको उपचार समयमा नै हुन सक्यो। अस्पतालमा उनको मस्तिष्कको शल्यक्रिया भयो र यसको चार दिनपछि उनको होस आएको थियो।
ब्रान्डनले आफ्नो नयाँ जीवन र स्वास्थ्य जीवनशैलीको श्रेय एप्पल घडीलाई दिएका छन्। उनका अनुसार एप्पल घडी प्रयोगकर्ताले आफ्नो उपकरणमा आपतकालीन सम्पर्कहरु सेटअप गरेपछि आवश्यक परेको समय काम लाग्ने छ। ‘फल डिटेक्सन’ फिचर ‘एप्पल वाच सिरिज–४’मा सार्वजनिक गरिएको थियो। पछिल्ला एप्पल घडीमार्फत् प्रयोगकर्ताले आफ्नो रक्तचाप, फिट्नेस, मुटुको धड्कन र मधुमेह नाप गर्न सक्ने एप्पल इन्साइडरले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति