काठमाडौं, २४ साउन । आज काठमाडौं उपत्यकामा ९५१ जनामा सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न जिल्लामा १२ हजार ३७८ जनाको नमूना परीक्षण गर्दा भेटिएका २ हजार ५४८ मध्ये काठमाडौं उपत्यकामा मात्रै ९५१ जनामा सङ्क्रमण देखिएको हो ।आज काठमाडौं र ललितपुरसहित ५ जिल्लामा ३ अंकको सङ्क्रमण देखिएको छ । झापामा १०६ जना मोरङमा १५० जना काठमाडौंमा ७४० जना ललितपुरमा १५५ जना र कास्कीका १८९ जनामा सङ्क्रमण देखिएको हो ।उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा आज सङ्क्रमणको सङ्ख्या कम छ । आज त्यहाँ ५६ जनामा मात्र सङ्क्रमण देखिउको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकामा ९५१ जनामा सङ्क्रमण
प्रतिक्रिया